धादिङमा प्रथम मेयर खुला ब्याडमेन्टिन प्रतियोगिता

धादिङ- धादिङ जिल्लामा  पहिलो पटक जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना  गरिएको छ।

कोरोना महामारीपछि निलकण्ठ नगरपालिका र जिल्ला ब्याडमिन्टन संघ धादिङले प्रथम मेयर खुल्ला ब्याडमिन्टन खेलको आयोजना गरेको हो ।

उक्त खेलको उद्घाटन गर्दै निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले स्वास्थ्य जीवन जिउनका लागि खेलकुद पनि एक महत्वपूर्ण विधा भएकोले नगरमा भएका युवाहरुलाई  फुर्सदको समयमा खेल क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा महिला र पुरुषको डवल र सिंगल  गरी एक सय चौहत्तर खेलाडिले भाग लिएका छन् ।

प्रतियोगिता आजदेखि तीन दिनसम्म चल्ने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.