वालिङका सबै वडामा पुग्यो आधारभूत स्वास्थ्य सेवा

स्याङ्जा- स्वास्थ्यको सेवा आम सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्धेश्यले वालिङ नगरभित्रको १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याइएको छ ।

एक पालिका एक अस्पताल र एक वडा एक आधारभूत स्वास्थ्य केन्द्रको अवधारणामा संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा स्वास्थ्य सेवा पुर्‍याइएको हो ।

वालिङ नगरभित्रको सबै वडामा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।

सामान्य स्वास्थ्य सेवा लिन ग्रामिण क्षेत्रका सर्वसाधारणलाई वालिङ पोखरा जानुपर्ने समस्याको अन्त्य हुने र सबै वडामा आधारभूत स्वास्थ्य सेवा र परामर्श पाएपछि स्थानीयहरु खुसी भएको अनुभव नगरप्रमुख खाँडले सुनाउनुभयो ।

वालिङ नगरभित्र ४ वटा वडाको स्वास्थ्य संस्थामा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएसँगै यहाँको १४ वटै वडामा स्वास्थ्यको पहुँच पुगेको स्वास्थ्य शााखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा १५ शैयाको प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् ।

हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु मार्फत आधारभूत स्वास्थ्य सेवाहरु अन्तर्गत विरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका सेवाहरु प्रदान गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.