प्रतिनिधि सभा विघटन संसदीय अभ्यास र विगतका परम्परा : मन्त्री तुम्बाहाम्फे

मोरङ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमायाँ तुम्बाहाम्फेले संसदीय अभ्यास र विगतका परम्पराका आधारमा सरकारले प्रतिनिधि सभा विघटन गरेको बताउनु भएको छ ।

सोमवार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मंत्री तुम्बाहाम्फेले दुई तिहाई नजिकको मत रहेको सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिइएपछि जनताको फ्रेस म्याण्डेट लिन निर्वाचनमा जान लागेकेा धारणा व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनमा जानु भनेको संविधान कार्यान्वयन हुनुु र संविधानले गतिशिलता प्राप्त गर्नु भएकाले यसलाई प्रतिगमन भन्न नमिल्ने बताउनु भयो ।

मन्त्री तुम्बाहाम्फेले सभामुखले पदको मर्यादा र गरिमा राख्दै निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा पार्टी निर्देशन अनुसार काम गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले संवैधानिक परिषदलाई निकम्मा बनाउने कार्य भएकाले नयाँ म्याण्डेटका लागि निर्वाचनको जानुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.