म्यानचेष्टर युनाइटेड अग्रस्थानमा

साविक विजेता लिभरपुललाई पछि पार्दै म्यानचेष्टर युनाइटेड अग्रस्थानमा उक्लिएको छ ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा वर्नलीलाई युनाइटेडले उसैको घरेलु मैदानमा शुन्यका विरुद्ध एक गोलले जीत निकाल्दै अग्रस्थानमा उक्लन सफल भएको हो । ३३-३३ को बराबरी अंक बाँडेर पहिलो स्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको युनाइटेडले ३६ अंकसहित पछि पारेको हो ।

यता इभर्टनले भने उल्भ्सकै घरेलु मैदानमा एकका विरुद्ध दुई गोलले उल्भ्सलाई पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि सेफिल्डले दुई खेल बराबरीमा खेलेको थियो भने अन्य सबै खेलहरुमा पराजित भएको थियो । प्रिमियर लिगको दावेदार टिमको रुपमा रहेको म्यानचेस्टर सिटीले भने आज बेलुका आफ्नै घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.