विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको हृदयघातका कारण निधन

काठमाडौं– पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको हृदयघातका कारण निधन भएको छ ।

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व किर्तिमान कायम गर्दै देशलाइ स्वर्णपदक जीताउन सफल कार्कीको ५२ वर्षको उमेरमा हिजो निधन भएको हो । विदेश बसेर नेपाल फर्किएका कार्की रुपन्देहीको तिलोतमा नगरपालिका ६ मा बस्दै आउनुभएको थियो । शुक्रबार बिहान एक्कासी मुटुमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको जनाइएको छ ।

पावर लिफ्टरमा कार्कीले सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको २ सय २० पाउन्ड समूहको युएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण जीतेका थिए । यस्तै ,२०१९ मा आयरल्यान्डमा भएको पावर लिफ्टिङको मास्टर (२ प्रतियोगितामा सय देशहरुका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक सहित विश्व किर्तिमान बनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.