‘नयाँ संस्करणको कोरोना भाइरस बढी खतरनाक’

लन्डन– बेलायतमा भेटिएको नयाँ संस्करणको कोरोना भाइरस बढी खतरनाक भएको प्रमाण भेटिएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ । यसले विश्वभरि नै फेरि अनिश्चितता प्रदान गरेको बताउँदै प्रधानमन्त्री जोनसनले खोपले काम गर्नेमा अझै विश्वस्त रहेको बताउनुभयो ।

गणितीज्ञहरुले गरेको पुरानो र नयाँ संस्करणको कोरोना भाइरसका कारण भएको मृत्युदरलाई तुलना गरी यस्तो तथ्य सार्वजनिक गरिएको हो । पहिलेभन्दा बढी खतरनाक कोरोना भाइरसको नयाँ संस्करण बेलायत भरी फैलिसकेको छ ।

नयाँ प्रकारको भाइरस पहिलेको तुलनामा छिटो फैलिएको र यसका कारण हुने मृत्युदर पनि बढी रहेकाले थप सतर्क हुने पर्ने सुझाव विज्ञहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.