म असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताउनुभएको छ ।

दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो । ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.