२४ घण्टामा ३३९ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ५ सय ३८ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १३३, भक्तपुरमा ८ र ललितपुरमा १३ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.