नेपाल टेलिभिजन स्थापनाको ३६औं बर्ष पुरा

१९ वटा रिले प्रसारण केन्द्रमार्फत् देशको ५० प्रतिशतभन्दा बढी भूगोल र ७२ प्रतिशत बढी जनसंख्या माझ नेपाल टेलिभिजनको प्रशारण पहुँच

काठमाडौं- नेपाल टेलिभिजन स्थापना भएको ३६ औं बर्ष पुरा भएको छ । सँधै दर्शकको पहिलो रोजाइमा रहन सफल नेपाल टेलिभिजनले यस बीचमा आमदर्शकको चाहना अनुशार टेलिभिजनको प्रविधि र विषय वस्तुमा रुपान्तरण गर्दै आएको छ ।

विक्रम संमत २०४१ साल माघ १७ गते औपचारिक रुपमा स्थापना भई टेलिभिजन जगतमा नेपालीपन पस्केको नेपाल टेलिभिजनले ३६ बर्ष पार गर्दा दर्शकको पहिलो रोजाइको टेलिभिजन मात्र होइन प्राविधिक रुपमा सबल र सक्षम संस्थाको रुपमा उभ्याउन सफल भएको छ ।

१९ वटा रिले प्रसारण केन्द्रमार्फत् देशको ५० प्रतिशतभन्दा बढी भूगोल र ७२ प्रतिशत भन्दा बढी जनसंख्या माझ नेपाल टेलिभिजनको प्रशारण पहुँच रहेको छ ।

भूउपग्रहमार्फत विश्वका १४० देशमा नेपाल टेलिभिजन प्रशारण हेर्न सकिन्छ । VHS, S-VHS, Umatic, Beta SP, Beta SX, र DV हुँदै HD Format मा रुपान्तरण गरेको नेपाल टेलिभिजनले सबै च्यानलहरु २०७५ देखि उत्पादन तथा प्रसारणलाई पूर्णत एचडीमा परिवर्तन गरिसकेको छ ।

नेपाल टेलिभिजनलाई अझै लोकप्रिय र प्रभावकारी बनाउन निकट भविष्यमै मैलिक शैलीको मेगा शो रयालिटी सो शुरु गर्ने तयारी गरेको छ ।

टेलिभिजनको पर्दालाई थप आकर्षण र दर्शकलाइ रियल टाइममा बढी भन्दा बढी सूचना प्रवाह गर्न नेपालमा पहिलो पटक Full features on-air Graphic System प्रयोगमा ल्याइएको छ ।

यसवाट प्रसारण स्टुडियो Augmented Reality समावेश गर्न Virtual Studio बनाउन सहजता पुगेको छ ।वाइड एङ्गल, विश्व घटना प्रदेश डायरी न्युजलाइन लगायतका अन्य कार्यक्रमहरुमा यसको प्रयोग गरिंदै आएको छ ।

यसैगरी टेलिभिजन स्टुडियो सेटमा परम्परागत शैलीमा प्रयोग भएको Backdrop लाई Electronic Set Video wall बाट प्रतिस्थापन गरिएको छ ।

टेलिभिजको प्राविधिक रुपान्तरणसँगै टेलिभिजको प्राविधिक रुपान्तरणसँग टेलिभिजनको लोकप्रियता र TRP (Television Rating Point) उल्लेखनीय बृद्धि भएको छ ।

प्रविधि रुपान्तरणसँगै विषय बस्तुमा पहुँच विस्तार गर्न जातजाती भाषाभाषी र समुदायको प्रतिनिधित्व र सरोकार सम्बोधन हुन सकोस् भन्ने अभिप्रायले नेपाली भाषाका अलावा अंग्रेजी, संस्कृत र सांकेतिक भाषामा समेत समाचार बुलेटिनहरु प्रशारण भईरहेका छन् ।

नेपाल टेलिभिजनले विश्व स्तरमा पहुँच विस्तार गर्न छिट्टै एनटीभी वर्ल्ड सञ्चालनमा ल्याउनुका साथै डिजीटल प्लेट फर्मलाइ अधिकतम उपयोग गर्ने योजना रहेको छ ।

समाचार बुलेटिनमा प्रयाप्त समय र उचित स्थान पाउन नसकेका विषय र क्षेत्रगत विषयवस्तुहरु त्यतिकै ओझेलमा नपरुन भन्ने उद्धेश्यले त्यस्ता विषयलाई प्राथमिकता दिएर विभिन्न समसामयिक कार्यक्रमहरुको निर्माण एवं प्रशारण गरिंदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.