सामागाउँमा सुख्खा पहिरोले थुनिएको खोला बग्न थाल्यो       

गोरखा-  गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-१ साम्दो स्थित  लार्केबजारबाट अन्दाजी २ दशमलव ५ किलोमिटर  उत्तरमा लार्केबजार धर्मशालाको बिचमा बग्ने दिन्द्रुक खोलामा करिव  ३० मिटर माथिबाट सुख्खा पहिरो गएको छ ।
पहिरोले दिन्द्रुक खोला थुनिँदा करिव २०० मिटर लम्बाइको ताल बनेको छ । अहिले सो तालको किनाराबाट पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
सो पहिरोबाट हालसम्म कुनै क्षति नभएको र प्रहरी चौकी सामागाउँबाट प्र.स.नि. कनैया लाल बारीको कमाण्डमा ३ जनाको टोलि पहिरो गएको स्थलतर्फ गएको छ । साथै सशस्त्र प्रहरी बलको टोली पनि खोला थुनिएको स्थानतर्फ गएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.