अवैधरुपमा सञ्चालित नर्सिङहोममा शिल

काभ्रे- काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ नार्के बजारमा अबैध रुपमा सञ्चालन गर्दै आएको अञ्जु नर्सिङ होम प्रा.लिसँगै सागर मेडिकल हलमा प्रशासनले शिल लगाएको छ ।

संयुक्त जिल्ला बजार अनुगमन समितिले गरेको बजार अनुगमनको क्रममा नार्के बजारमा रहेको अञ्जु नर्सिङ होम प्रा.लि को नाममा २०६५ सालबाट बेचन रामले सञ्चालनमा ल्याएको सो अस्पताल अबैध भएको पाएपछि प्रशासनले शिल गरिएको हो ।

काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईको नेतृत्वमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झासहितको टोलीले सो अस्पतालसँगै सागर मेडिकल हलसमेत सञ्चालन गरिएको औषधी पसलबाट प्रतिबन्धित औषधीहरुका साथै भेटेरीनरीका सामानसमेत त्यहीबाट विक्री वितरण गरेको पाईएको कारण सञ्चालक बेचन रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

रामले नर्सिङ होम र मेडिकल एकै ठाउँमा सञ्चालन गर्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी हुँमागाईका अनुसार सिरहा जिल्ला साविक गाठा गाविस वडा नं. ६ स्थायी घर भई सोही ठाउँमा दर्ता गरेको नसिंङ होमलाई काभ्रेको नार्के बजारमा अनुमति विना नै सञ्चालन गर्दै आएको पाईएकोले सो अस्पतालले प्रयोगमा ल्याएको एम्बुलेन्स र प्रतिबन्धित औषधीहरु समेत बरामद गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.