२४ घण्टामा १ सय ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २७ सय ७९ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या २ हजार २७पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.