२४ घण्टामा नेपालमा थप १०५ जना कोरोना संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जनाएको छ । हाल, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।

२४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.