नेपाल टेलिभिजन चितवन संवाददातासहित ९ जना पत्रकार सम्मानित
चितवन- नेपाल टेलिभिजन चितवन संवाददाता राजेन्द्र आचार्यसहित चितवनका नौ जना पत्रकार सम्मानित भएका छन् ।
भरतपुरमा सम्पन्न संयुक्त एम्बुलेन्स चालक संघ नेपालले तेस्रो वार्षिक साधरणसभामा स्वास्थको क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पुर्याएको भन्दै आचार्यसहित ९ जना पत्रकार सम्मानित भएका हुन् ।
भरतपुर महानगरका मेयर रेनु दाहालले सम्मानित पत्रकारलार्इ सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मानित हुने पत्रकारहरुमा आभाष टिभिका कोमलचन्द्र भगत, कालिका एफएमका विप्लव काफ्ले, नयाँ पत्रिकाका विवेक पोखरेल हुनुहुन्छ । यस्तै कान्तिपुर दैनिकका रमेश पौडेल, नारायणी अनलाइनका राजु चौधरी, कायाकैरन दैनिकका विनोदबाबु रिजाल, सेतोपाटीका राजेश घिमिरे र सिनर्जी एफएमका रामकान्त पौडेल सम्मानित हुनुभएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन) केन्द्रीय कार्य समितिको स्थापना दिवस तथा तेस्रो वार्षिक साधरणसभाको पूर्वगृह तथा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै एम्बुलेन्स चालकलाइ सरकारलेनै तलब दिने र निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने बताउनुभयो । साथै उनले संकटको अवस्थामा अर्ग मोर्चामा रहने एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिन सरकार तल्लीन हुनुपर्नेमा जोड समेत दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले एम्बुलेनस चालकलाई स्थानिय सरकार छिटै नयाँ कार्यक्रम घोषण गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा बोल्ने अधिकांश एम्बुलेन्स चालकहरुले उचित पारिश्रमिक माग गरेका छन् । एम्बुलेन्स चालकहरुले २४ सै घण्टा खटिनुपरेपनि सेवा सुविधा अत्यन्त कम रहेको दुखेसो पोखेका छन् ।-






प्रतिक्रिया राख्नुहोस्