संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं- संवैधानिक आयोग र निकायहरुमा नियुक्त पदाधिकारीहरुले आज सपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा नियुक्त तपबहादुर मगर, राष्ट्रिय महिला आयोगका अध्यक्षमा नियुक्त कमलाकुमारी पराजुली, आदिवासी आयोगको अध्यक्षमा नियुक्त रामबहादुर थापा र राष्ट्रिय दलित आयोगका अध्यक्षमा नियुक्त देवराज विश्वकर्माले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उहाँहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

सोही कार्यक्रममा अख्तियारका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले आयुक्तमा नियुक्त जयबहादुर चन्द र किशोर सिलवाललाई सपथ गराउनुभयो ।

त्यसैगरी निर्वाचन आयोगका आयुक्तमा नियुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधरलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सपथ गराउनुभयो ।

त्यस्तै मानवअधिकार आयोगका नवनियुक्त आयुक्त तपबहादुर मगरले सदस्यमा नियुक्त मनोज दवाडी, डा सूर्य ढुङ्गेल, लिलि थापा र मिहि ठाकुरलाई सपथ गराउनुभयो ।

त्यसैगरी बिभिन्न आयोग तथा समितिमा नवनियुक्त पदाधिकारीहरुलाई सोही आयोग तथा समितिका अध्यक्षले सपथ गराउनुभएको थियो ।

संवैधानिक परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

कार्यक्रममा संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र परिषदका सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको उपस्थिति रहेको थियो । संवैधानिक परिषदमा प्रधानन्यायाधीश, विपक्षी दलका नेता र सभामुखसहित पाँच सदस्य रहने व्यवस्था छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.