अख्तियार प्रमुख राईद्वारा पदभार ग्रहण
राईसँगै आयुक्त सिलवाल र चन्दले पनि कार्यभार सम्हाल्नुभएको छ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा बुधबार बिहान शपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले पदभार ग्रहण गर्नुभएको हो । प्रमुख राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हाल्नुभएको आयोगले जनाएको छ ।
नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तद्वयलाई आयोगका सचिव सुरेश अधिकारीसहितका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
नवनियुक्त प्रमुख आयुक्त राईले गृहलगायतका महत्वपूर्ण मन्त्रालयमा सचिव भएर काम गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्