पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।
आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिनुभयो ।
भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.