प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमाथि आज पनि बहस जारी रहने

काठमाडौं– प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी रहने छ ।

हिजोको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभयो । उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटन भएको जिकिर गर्नुभयो ।

उहाँले नेपालको संविधानको धारा ७४ ले विघटन अधिकार दिएको र त्यसका लागि धारा ८५ पर्याप्त भएको धारणा राख्नुभयो । वि सं २०५१ मा गिरिजाप्रसाद कोइराला, २०५२ मा मनमोहन अधिकारीले गरे जस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन संसदीय अभ्यासअनुसार नै भएको जिकिर उहाँको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.