म्यान्मारमा भएको सैनिक ‘कू’ को विरोध गर्न विश्व समुदायसँग संयुक्त राष्ट्र संघका महासचिवको आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक कु को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

महासचिवले सैनिक ‘कू’ असफल रहने भन्दै यसको जनस्तरबाट प्रतिरोध भएको बताउनु भयो । निर्वाचनको परिणामा उल्ट्याउने कार्य स्वीकार्य नभएको भन्दै महासचिव गुटेरसले सैनिक ‘कू’ को निन्दा गर्नुभयो ।

यसैबिच, सेनाद्वारा सत्ता हत्याइएको विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफल भइरहेको छ ।

परिषद्ले सैनिक कुका विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘कू’ को निन्दा गर्ने विषयमा राष्ट्रसंघका एक सदस्य चीनले औपचारिक धारणा अझै सार्बजनिक गरेको छैन ।

सैनिक हिरासतमा राखिएकी नेतृ आङ साङ सुकीलाई विभिन्न आरोप लगाउँदै सैनिक शासकले वहाँ विरुद्ध मुद्धा दर्ता गरेको छ ।

राष्ट्रपति विन मिन्टलगायत अन्य नेताहरुलाई पनि सैनिक नियन्कोत्रण मै राखिएको छ । ‘कू’ पछि सत्ताको नेतृत्व सेना प्रमुख मिन आङ हियाङले गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.