टोटनह्याम चेल्सीसँग पराजित

इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो ।
पहिलो हाफको चौबीसौं मिनेटमा चेल्सीले पाएको पेनाल्टीलाई मिडफिल्डर जोरजिनोले गोलमा परिणत गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।
लण्डन डार्बीको यो निकै रोमाञ्चक मानिएको खेलमा जीत निकाल्दै चेल्सी दुई खुड्किलो माथि उक्लिदै छैटौं स्थानमा आइपुगेको छ । अब चेल्सीले अर्को खेल सेफिल्ड युनाइटेडसँग उसैको घरेलु मैदानमा आउने सोमबार खेल्नेछ ।-





प्रतिक्रिया राख्नुहोस्