प्रदेश १ को हिउँदे अधिवेशन आज बस्दै

मोरङ- माघ ७ गते शुरु भएर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशन आज २ बजेको लागि बोलाइएको छ ।

बैठक बस्‍नुअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन र्राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको र नेकपाका दुई खेमाले एक अर्कालाई निलम्बन गर्ने कार्य भएकाले प्रदेशसभा अधिवेशन संचालनमा गतिरोध आउने आशंका गरिएको छ ।

निलम्बन गरिएका सांसदहरुलाई प्रवेश गर्न नदिने ओली पक्षिय सांसदहरुको तयारी रहेको र अर्को पक्षले जसरी पनि प्रदेशसभा बैठकमा सहभागि हुने रणनीति बनाएको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.