बैतडीमा हत्या गरिएकी किशोरीको ‘मोबाइल कल डिटेल’बाट अनुसन्धान शुरु

किशोरी हत्याको सर्वत्र विरोध, स्थानीयको प्रदर्शन आजपनि

काठमाडौं- बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ ।

५ दिन अघि विद्यालय गएकी भागरथीको शव स्थानीय लबलेक जङ्गलमा विभत्स ढंगको मृत अवस्थामा फेला परेको थियो ।

शव उठाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ र पोष्टमार्टमको रिपोर्ट आज आउने प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले स्थानीय केही व्यक्तिसँग सोधपुछ गरेको हाम्रा समाचारदाता नरिदत्त बडुले जनाएका छन् ।

विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरी कार्यालयका टोली तालिम प्राप्त कुकुरसहित पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मृतक किशोरीले प्रयोग गरेको मोबाइल भेटिएको र कल डिटेलबाट समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच घटनाको विरोध गर्दै आजपनि स्थानीयले प्रदर्शन गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.