चीनसँगको व्यापार विवाद समाधान गर्ने वाइडेनको संकेत

अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुबीच सहकार्य हुनु विश्वकै आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले सत्ता सम्हालेको करिब एक महिनापछि विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सुदृढ पार्न अमेरिका तयार भएको सङ्केत गर्नुभएको हो ।

बाइडेनको पछिल्लो अभिव्यक्तिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा चर्किएको चीन–अमेरिका व्यापार विवाद पनि कुटनीतिक माध्यमबाट समाधान हुने संकेत देखिएको छ ।

विगत चार वर्षमा चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा  भएको ठहर गर्दै अख्तियार गरिएको विदेश नीतिका कारण दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

ट्रम्पको कार्यकालमा चीन-अमेरिका सम्बन्ध निकै कठिन स्थितिबाट गुज्रिएको थियो । अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्न चीन सधैं इच्छुक रहेको चीनियाँ अधिकारीहरूले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.