टेलिभिजनकर्मीलाई स्वास्थ्य सामग्री

कास्की- नेपाल टेलिभिजन गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा क्रियाशिल संवाददाताहरुलाई लक्षित गर्दै नेलम्बो (विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था) नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

संस्थाले कोभिड १९ को जोखिम कम गरी समाचार संकलन गर्न सहज होस् भन्ने हेतुले सामग्रीहरु प्रदान गरेको हो । हिजो एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष एकदेव देवकोटा, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतले टेलिभिजन अन्तर्गत सराङकोट प्रशारण केन्द्र प्रमुख इन्द्रबन्धु पोखरेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा थर्मल गन, खुट्टाले चलाउने सेनिटाइजर स्टाण्ड, सेनिटाइजर, के. एन् ९५ माक्स, फेससिल्ड, साबुन लगायतका सामग्रीहरु प्रदान गरिएको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य अन्तर्गत हाल कास्कीका चार गाउँपालिका र त्यहाँस्थित विभिन्न संघसंस्थालाई सुरक्षाका सामग्रीहरु प्रदान गर्दै आएको पनि सो अवसरमा जानकारी दिनुभयो ।

सराङकोट प्रशारण केन्द्र प्रमुख इन्द्रबन्धु पोखरेलले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै प्राप्त सामग्री जिल्लास्थित संवाददाता समक्ष पुर्‍याउने प्रतिबद्धता प्रकट गर्नुभयो ।-

त्यसबखत कास्की संवाददाताद्वय गिरीधारी पोखरेल र श्रीभद्र पौडेल साथै नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले पनि धारणा राख्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.