उच्चका चार न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस
काठमाडौँ- न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायधीश पदमा सिफारिस गरेको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस हुनुभएको छ ।
यसैगरी उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायधीश गोकर्ण डाँगी पनि सर्वोच्च अदालतको न्यायधीश पदमा सिफारिस हुनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्