पश्चिमी वायुको प्रभावले देशभर बदली

काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तर पछिल्लो मौसमी प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना छैन् ।

तर उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन भने मौसम विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.