अमेरिकाद्वारा म्यान्मारमा ‘कू’ गर्ने सैनिक नेताहरुमाथि प्रतिबन्ध
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा कू गर्ने सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
प्रतिबन्ध सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने जनाइएको छ ।
अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने सम्बन्धमा पनि काम अघि बढाइएको छ । सैनिक कू विरुद्ध भएका प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी महिला राजधानी नापित्वस्थित एक अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।
प्रदर्शनकारीहरूलाई तितर बितर पार्न सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका छन् ।
म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्