चीनमा बीबीसी प्रसारणमा प्रतिबन्ध

चीनले बीबीसीको प्रसारणमा देशभरी नै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरिएको हो ।

चीनले कोरोना भाइरस र चीनका अल्पसंख्यक आदिवासी वीगर समुदायका विषयमा बीबीसीले गरेको रिपोर्टिङका विषयमा आलोचना गरेको छ ।

बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ । प्रसारणमा रोक लगाउने चीनको निर्णय ब्रिटिस मिडिया सम्बन्धी नियामक निकाय अफकमले बेलायतमा प्रसारण हुने चीनिया टेलिभिजन नेटवर्क सिजिटिएनको प्रसारण लाइसेन्स उल्ट्याएपछि आएको हो ।

चीनको विश्व टेलिभिजन प्रसारण नेटवर्क सिजिटिनको बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्सलाई अफकमले उल्ट्याइदिएको छ ।

सीजीटीएनको लाइसेन्स गलत तरिकाले स्टार चाइना मिडिया लिमिटेडले राखेको तथ्य सार्वजनिक भएपछि अफकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.