महिलाबारे अशिष्ट टिप्पणी गरेका ओलम्पिक कमिटीका अध्यक्षले दिए राजीनामा

टोकियो- जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका अध्यक्ष योशिहिरो मोरीले आफ्नै बोलीका कारण राजीनामा दिनु परेको छ ।

महिलाबारे गत साता अशिष्ट टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिनु भएको हो । जापानका पूर्व प्रधानमन्त्री समेत रहनु भएका ८३ वर्षीय मोरीले आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै राजीनामा गरेको बताउनु भएको थियो ।

उहाँले“महिलामा एक प्रकारको इर्ष्या हुने गरेको र एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्” भन्ने टिप्पणी गरपिछि पद गुमाउनु परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.