नाओमी ओसाका क्वाटरफाइनलमा

विश्व टेनिसको तेस्रो वरीयताकी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेकी छिन् ।

प्रिक्वाटरफाइनल चरणको खेलमा जापानी खेलाडी ओसाकाले १४ औं वरियताकी स्पेनकी गार्बिन मुगुरुजालाई ४-६,६-४ र ७-५ को सेटमा पराजित गरिन् । यसैगरि अर्को खेलमा जित दर्ता गर्दै पूर्व विश्व नम्बर एक सरिना विलियम्स पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा आइतबार भएको चौंथो चरणको खेलमा बेलारुसकी आर्यना सेबालेन्कालाई पराजित गर्दै सरिनाले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् । सरिनाले सेबालेन्कालाई ६-४,२-६ र ६-४ को सेटमा पराजित गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.