२०७८ भदौमा महाधिवेशन गर्ने कांग्रेसमा प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा २०७८ भदौमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको हो । महामन्त्री पूर्णबहादुर खड्काले २०७८ भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताउनुभयो ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.