प्रधानमन्त्रीले सोध्नुभयो– विप्लवले वार्ता गर्छु भन्दा किन छटपटी ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याउने बताउनुभएको छ ।

काठमाडौंको दहचोकमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले वार्ताप्रति देखाएको तत्परतालाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । ‘विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछौं भन्दा केहीलाई छटपटी भएको छ,’ उहाँले भन्नुभयो । अहिलेजस्तै पृथकतावादको नारा लगाएको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि एउटा समूह असन्तुष्ट रहेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले लोकप्रियताका लागि काम नगरेको बताउनुभयो । ‘मैले कसैले राम्रो भनोस् भनेर काम गरेको होइन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क लगाउने प्रतिबद्धता पनि जनाउनुभयो । ‘सबै नागरिकलाई निःशुल्क खोप लगाउँछौ,’ उहाँको भनाइ थियो, ‘देश धनी छैन । मन धनी छ । आँट धनी छ ।’

नेपालमा तीन सय ९ वटा अस्पताल देशभरी शिलान्यास गरिएको स्मरण गर्दै नेपाल सानो देश भए पनि स्वास्थ्यका क्षेत्रमा यति धेरै प्रगति विश्वका कुनै देशमा नभएको प्रधानमन्त्रीले दाबी गर्नुभयो ।

पहाडका केही ठाउँ बाहेक दुर्गम नहुने गरी नेपालमा विकासका कामहरु भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र थप विकासको फड्को मार्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.