गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

गोरखा- गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन ।

मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ छन ।

विहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा फेला परेका हुन ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान शुरु भएको हाम्रा संवाददाता आत्माराम श्रेष्ठले जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.