एट्लान्टालाई पछि पार्दै रियल मड्रिड अन्तिम आठ नजिक

रियल मड्रिड एट्लान्टालाई पछि पार्दै अन्तिम आठको बाटो बनाउन सजिलो भएको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा इटालियन क्लब एटलान्टा स्पेनिस क्लब रियल मड्रिडसँग ०-१ गोलले पराजित भएको हो ।

आज बिहान सम्पन्न खेलमा पहिलो हाफको १७औं मिनेटमै एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड पाएपछि खेलको लय नै परिवर्तन भएको थियो ।

दश खेलाडीमा सीमित एटलान्टाले पहिलो हाफ गोलरहित बराबरीमा खेलेपनि दोस्रो हाफको ८५औं मिनेटमा रियलक फरल्याण्ड मेन्डीले गोल गरेपछि यो गोल नै निर्णायक बन्न पुग्यो ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा आफ्नै घरेलु मैदानमा बोरुसिया मोनचेनगल्यानब्याच म्यानचेष्टर सिटीसँग स्तब्ध बन्न पुगेको छ । च्याम्पियन्स लिगको पहिलो लेगमा बरुसियालाई २-० ले पराजित गर्दै सिटीले पनि अन्तिम आठको बाटोलाई सजिलो बनाएको हो ।

पहिलो हाफको २९औं मिनेटमा बेरनाडो सिल्भाले गरेको गोलले अग्रता लिएको सिटीले दोस्रो हाफको ६५औं मिनेटमा ग्याब्रियल जेससले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएपछि यो जीत म्यानचेष्टर सिटीको हातमा गएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.