संसदीय दलको नेता फेर्न प्रधानमन्त्रीको चुनौती

पोखरा– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका असन्तुष्ट नेताहरुआफूप्रति असन्तुष्ट रहेको भए संसदीय दलको नेता फेर्न सुझाव दिनुभएको छ ।

पोखरामा पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले आफूले छिट्टै संसदीय दलको बैठक बोलाउने जानकारी दिनुभयो । संसदीय दलको नेता परिवर्तन गर्न चाहेमा विधिवत रुपमै परिवर्तन गर्नुपर्ने भनाइ उहाँको थियो ।

सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्न गरेको फैसलापछि फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्न लागेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा अस्वस्थ राजनीतिक अभ्यास हुन सक्ने आशंका व्यक्त गर्नुभयो । निर्वाचन मार्फत जनतामा जान डराउने शक्तिको संसदमा के भुमिका हुन्छ त्यही कुराले राजनीतिमा अस्वस्थ अभ्यास ल्याउने वा नल्याउने भन्ने कुरा निर्धारण गर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्न सरकार दृढताका साथ अघि बढिरहेको भन्दै लोकतन्त्रको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार सदैव दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएको ३ वर्षमा देशको बिकासको गति बढिरहेका बेला उत्पन्न परिस्थितिको सामना गर्दै अघि बढ्ने जानकारी उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.