प्रधानमन्त्री ओली झापा जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान झापा जाँदै हुनुहुन्छ ।

बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार नै लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको मोरङको उर्लाबारीमा शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री गत आइतबार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि झापा जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.