म प्रधानमन्त्री बन्न चाहेकै छैन- सभापति देउवा

काठमाडौं-  नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।

सभापति देउवाले आज विहान आफ्नै निवास बुढानिलकण्ठमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरको पुस्तक ‘महाकाण्ड’ बिमोचन समारोहमा बोल्नुहुँदै नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको र स्वभाविक रुपमा प्रतिपक्षी दलका नेता ‘प्राइम मिनिस्टर इन वेइटिङ’ भएको तर आफू त्यस दौडमा नभएको बताउनुभएको हो ।

नेपाली काँग्रेसलाई जनताले विपक्षमा बस्ने म्याण्डेड दिएकोले प्रधानमन्त्री बन्ने चाहना नभएको उल्लेख गर्नुभयो ।

‘म प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उहाँले भन्नुभयो ।

सत्तारुढ दलको विवाद कायम रहेकोले आफू उनीहरुको झगडाको बीचमा नपर्ने सभापति देउवाको भनाइ थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.