२४ घण्टामा ९७ जना कोरोना संक्रमित, ६६ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४४८४ जनाको गरिएको पीसीआर परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार १ सय १६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा कसैको पनि निधन भएन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ रहेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ३६, भक्तपुरमा ४ र ललितपुरमा ४ गरी उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.