सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस, उच्च अदालतमा पनि १८ न्यायाधीश सिफारिस

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।बैठकले उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस गरेको छ । न्याय सेवा विशिष्ट श्रेणीबाट नायव महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल र कानून मन्त्रालयका ऋषि राजभण्डारीको नाम सिफारिस भएको छ ।

जिल्ला न्यायाधीशहरुबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेलको नाम सिफारिस भएको छ । न्याय सेवा रा।प। प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

अधिवक्ताबाट रसुवाका फुर्वा तामाङ, सिराहाकी श्रीधरा कुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनम सिंह चन्द, काभ्रेका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम सिफारिस भएको परिषदले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.