एमालेको दसौं महाधिवेशन मंसिरमा, बादलसहितका माओवादी नेता केन्द्रीय सदस्यमा मनोनीत

प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी, प्रदेश इञ्चार्ज तोकियो, महासचिव बाहेकका सबै पद खारेज, केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाउने तयारी

काठमाडौं– सत्तारुढ नेकपा एमालेको दसौं महाधिवेशन तय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो ।

बैठकले एमालेले सातै प्रदेशको इञ्चार्ज तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इञ्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले रामबहादुर थापा ‘बादल’ सहित २२ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका २२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले महासचिव बाहेकका सबै पद खारेज गर्ने पनि निर्णय लिएको छ। एमालेको आगामी २ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक चैत ७ गते बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.