जसपाले एमाले र कांग्रेससँग अलग–अलग वार्ता गर्‍यो

काठमाडौं– सत्ता समीकरणका जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ नेकपा एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेससँग अलग अलग छलफल गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । उहाँले रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेस र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । सरकारको बारेमा माओवादीसँग पनि छलफल गर्ने उहाले बताउनुभयो । उहाले छलफलहरुबीच भएको छलफलका बारेमा पार्टीभित्र थप छलफल गर्ने र निर्णयमा पुगिने जानकारी दिनुभयो । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्रश्नमा पत्रकारलाई उहाँले धन्यवाद दिनुभयो ।

छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताउनुभयो । फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उहाँको भनाइ छ । त्यस्तै उहाले कांग्रेसको पदाधिकारी बैठकमा पनि पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको जानकारी दिनुभयो ।

सत्ता सहकार्यका लागि छलफल गर्न जसपा शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

जसपाले शुक्रबार नै सत्तारुढ एमालेको कार्यदलसँग छलफल गरेको छ ।

एमालेले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित नेताहरु विष्णु पौडेल र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो ।

बिहीबार प्रधानमन्त्रीसहित राजपाका शीर्ष नेताहरुले छलफल गरेका थिए । नेम्वाङले वार्ता सकारात्मक भएको बताउँदै आज भोलि हुने अर्को वार्ताले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.