प्रधानमन्त्री ओलीसँग सहकार्य हुन सक्छः जसपा नेता कर्ण

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताउनुभएको छ । आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उहाँले सुनाउनुभयो ।

काठमाडौंमा शनिबार भएको साक्षात्कारमा नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन् । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाईको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ उहाँले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन् ।’

उहाँले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँसँग हामीलाई कुनै नफरत छैन्, भेदभाव छैन् । अछुतो पनि छैन् । माग पूरा गर्नुभयो भने सहकार्य हुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.