आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रको आज विहान बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकले नेकपा एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आगामी चैत्र २ गतेका लागि तय गरिएको कार्यकर्ता भेला अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

आइतबारका लागि तय गरिएको केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालाहका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.