नेपाल–खनाल पक्षको कार्यकर्ता भेला सकियो

काठमाडौं– एमाले नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सकिएको छ ।

ललितपुरको एक होटलमा भएको कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने निर्णय लिएको छ । प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णयको स्वागत गर्दै भेलाले वामपन्थी दलहरुबीच एकतामा जोड दिएको छ ।

भेलाको उदघाटनमा बुधबार नेपाल, खनाललगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.