माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं– नेकपा एमालेले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहाचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

‘नगर्न निर्देशन दिंदादिंदै नेकपा एमालेको ब्यानरमा भेला गर्ने गम्भीर र अनुशासनविपरीतको क्रियाकलाप गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘फागुन २३ पछि गुटबन्दी गर्ने गतिविधिलाई क्षम्य गर्न सकिँदैन ।’

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.