एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले

२०७८ साल मंसिर २६ गते हुने दसौं महाधिवेशन सम्पन्न गर्ने निर्णय २६४ सदस्यीय केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल नै कायम हुनुभएको छ । ‘अध्यक्ष पदाधिकारी, स्थायी कमिटीसहित नेताहरुको कार्यविभाजन प्रस्ताव गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, जनसंगठन ईञ्चार्ज टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको कार्यदल गठन गरिएको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो ।

एमालेले सबै मातहतका कमिटी, भ्रातृ संस्था र संगठनलाई समयमै अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.