होली पर्व शुरु

काठमाडौं- आजदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व प्रारम्भ भएको छ ।

बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

होलीको चीर ठड्याइए पछि फागु पर्व प्रारम्भ भएको मानिन्छ।

फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.