भारतमा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै, दैनिक संक्रमितको संख्या ४७ हजार नाघ्यो

भारतमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि हुन थालेपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले हिजो नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् भने झण्डै ३ सय जनाको हाराहारीमा कोरोनाकै कारण मृत्यु भएको छ ।

गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा फेरि संक्रमण बढेको हो । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने संक्रमितको कुल संख्या १ करोड १७ लाखभन्दा बढी छ ।

नयाँ निर्देशिका आगामी अप्रिल महिनादेखिदेखि कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशभरी नै परीक्षणको दायरा बढाउने, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउने लगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.