त्रिदेशीय कप फुटबल: नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने  बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ ।

प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ ।

बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।

बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्यो । कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।

पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ ।

फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बङ्गलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.