महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई पत्नीशोक

काठमाडौं– महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर रामेश्वर श्रेष्ठलाई पत्नी शोक परेको छ ।

उहाँकी ४९ वर्षीया श्रीमती अञ्जीका राजभण्डारी (श्रेष्ठ)को आइतबार बिहान निधन भएको छ । टिकाथलीस्थित घरको शौचालयमा लडेर घाइते हुनुभएकी उहाँको उपचारको क्रममा गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा बिहान २ बजे निधन भएको परिवारजनले जनाएको छ ।

स्व. श्रेष्ठको पशुपति आर्यघाटमा आइतबार नै अन्तिम संस्कार गरिएको छ । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रतिनिधि सभा सदस्य कृष्णलाल महर्जन, प्रदेश सभा सदस्य माधव पौडेल, शशिजंग थापालगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न पेसा व्यवसायमा व्यक्तिहरु, स्थानीय र परिवाजन आर्यघाट पुग्नुभएको थियो ।

उहाँका एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.